शिक्षकका जायज माग पूरा गर ः देउवा

शिक्षकका जायज माग पूरा गर ः देउवा

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

आइतबार, चैत ३१, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत शिक्षकको जायज माग वार्ता र संवादबाट पूरा गर्न नेपाल सरकारको ध्यान जानुपर्ने बताएका छन् ।

नेपाल मुस्लिम संघले आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले वार्ता र संवादबाट आन्दोलनरत शिक्षकको जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्ने बताए ।

उनले शिक्षकको माग सम्बोधन गर्न कुनै समस्या देखिए छलफलबाटै निकास निकाल्नुपर्ने भन्दै यसका लागि शिक्षकहरू पनि तयार हुनुपर्ने सुझाव दिए ।