वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै

वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

सोमबार, वैशाख १, २०८२

काठमाडौं । पर्सा प्रशासनले वीरगन्ज महानगरपालिका क्षेत्रमा गत शनिबार साँझदेखि हिजो आइतबार राति १२ सम्म लगाएको कर्फ्यु हटाएको छ । हनुमान जयन्तीका अवसरमा दुई समुदायबीच झडपको स्थिति बनेपछि सो क्षेत्रमा कर्फ्यु लगाएको थियो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा उक्त कर्फ्यु हटाइएका हुन् । कर्फ्यु हटाइए पनि परिस्थिति पूर्ण रूपमा सामान्य नभइसकेकाले केही क्षेत्रमा निषेधाज्ञाको आदेश जारी राखिएको छ ।

०८२ वैशख १ गते देखि अर्को आदेश नभएसम्मका लागि पूर्वमा बाईपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा लगाइएको हो ।

यी स्थानमा कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३क० बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको हो । उक्त आदेशको उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।