वैशाख ३, २०८२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डेबीच बालुवाटारमा करिब एक घन्टा भेटवार्ता भएको छ । भाटभटेनी सञ्चालक मीनबहादुर गुरूङले एमाले पार्टी कार्यालय बनाउन जग्गा दान गरेपछि उनले विरोध गरेकी थिइन्। सचिवालय बैठकले पार्टी निर्णयविपरीत धारणा राखेको भन्दै पाण्डे र उषाकिरण तिम्सेनालाई निलम्बन गर्ने निर्णय गरेको थियो…