असोज ४, २०८१, काठमाडौं । काठमाडौंको दरबारमार्गमा बिहीबार संविधान दिवसका अवसरमा ‘नेशनल डे कन्सर्ट’बाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। दरबारमार्गमा बिहीबार संविधान दिवसका अवसरमा ‘नेशनल डे कन्सर्ट’ को आयोजना भएको थियो। उक्त कन्सर्टमा धकेलाधकेल र अभद्र व्यवहार गरिरहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो। ती व्यक्तिलाई नियन्त्रणमा लिएर पृष्ठभूमि हेर्दा फरार प्रतिवादी…