२६ पुष, २०८१ काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट संघीय संसद, प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सदस्य माधव सापकोटा सुबोध आज त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहमा दीक्षित भएका छन्। माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म भएको उथलपुथलकारी जनयुद्धको उद्गमस्थल मध्येको एक सिन्धुपाल्चोकको कुविण्डेमा जन्मिएका सापकोटाले प्रारम्भिक शिक्षा श्री सेतिदेवी पञ्चकन्यामावि कुविण्डेबाट हासिल…