२० भदौ, काठमाडौं । विशेष अदालतमा बयान दिएका वाइड बडी खरिद प्रकरणका आरोपितहरूले आफूसरह निर्णय प्रक्रियामा संलग्न युवराज अधिकारीलाई मुद्दा नचलाएको विषय प्रमुखताका साथ उठाएका छन् । अधिकारी तीन वर्षदेखि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष छन् । आठ वर्षअघि नेपाल वायुसेवा निगमले दुईवटा वाइड बडी विमान खरिद प्रक्रिया अघि बढाउँदा उनी निगमको वित्त विभागमा कार्यरत…