हरेक समुदायमा रहेको चाडबाड, उत्सवलगायतका संस्कृतिसँग जोडिएर रहेको विविधताले त्यो समुदायको पहिचान झल्काउँछ। नेपाल यस्तो देश हो जहाँ विभिन्न जाति, समुदायको आ–आफ्नै कला, संस्कृतिहरू रहेका छन्। चाडपर्व, चालचलन रहेका छन्। यसले देशको सांस्कृतिक महत्वलाई जीवन्त बनाउँछ र एक अर्को समुदायबीचको सांस्कृतिक महत्वलाई बुझ्ने अवसर पनि प्रदान गर्छ। आज थारू समुदायमा मनाइने एक महत्वपूर्ण चाड ‘अष्टिम्की’…