पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानसहित अन्त्येष्टि

सोमबार, मंसिर ३, २०८१ काठमाडौं ।   पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। पशुपति आर्यघाटमा सोमबार अपराह्न ढुंगानालाई राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो। त्यसअघि ढुंगानाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले ढुंगानाको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए। सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले…