गजामा युद्धविरामका लागि अमेरिकाले गरेको प्रस्तावमा हमास सहमत भएको छ। इसराइलले गजा कब्जा गर्ने गरी ठूलो सैन्य कारबाहीको तयारी गरिरहँदा हमासले युद्धविराम सम्बन्धी नयाँ प्रस्ताव स्वीकार गरेको हो। हमासमा राजनीतिक ब्युरोका वरिष्ठ सदस्य बासे नइमले युद्धविरामका लागि मध्यस्थकर्ताहरूले गरेको प्रस्ताव स्वीकार गरेको बताएका छन्। ुहमासले युद्धविराका लागि मध्यस्थकर्ताहरूले गरेको प्रस्तावलाई स्वीकार गरेको छ,ु नइमको भनाइ…