केआइआइटी मा मृत भेटिएकी नेपाली विद्यार्थी प्रिशा साहको घटनाबारे छानबिन गर्न सभामुखले सरकारलाई निर्देशन गरे

सोमबार, वैशाख २२, २०८२ काठमाडौं । भारतको उडिसास्थित कलिंगा इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा मृत भेटिएकी नेपाली विद्यार्थी प्रिशा साहको घटनाबारे छानबिन गर्न सभामुख देवराज घिमिरेले रूलिङ गरेका छन्। सभामुख घिमिरेले सोमबार प्रतिनिधि सभाको बैठकमा घटनाबारे सत्यतथ्य पत्ता लगाउन सरकारलाई निर्देशन गरेका हुन्। ‘नेपाली विद्यार्थी प्रिशा साहको बारेमा माननीय सदस्यहरूले आकस्मिक समयमा उठाउनुभएको विषयमा…