रसुवा बाढी ३८४ पर्यटक सम्पर्कविहीन, २९१ विदेशी

रसुवा बाढी ३८४ पर्यटक सम्पर्कविहीन, २९१ विदेशी

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

१० भदौ , २०८३
काठमाडौं । बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण स्वदेशी र विदेशी गरी कुल ३८४ जना पर्यटक हराएका छन् ।

सम्पर्क विहिन पर्यटकमध्ये २९१ जना विदेशी र ९३ जना स्वदेशी रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डले विभिन्न सरोकारवाला निकायसँग सम्पर्क गरेर हराइरहेका पर्यटकको विवरण निकालेको जनाएको छ ।

बुधबार बिहान करिब साढे ८ बजेतिर चीनको तिब्बाटबाट अचानक बाढी नेपालको भोटेकोसी नदीमा प्रवेश गरेको थियो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति गरेको छ ।

बोर्डका अनुसार सम्पर्कविहीन भएका विदेशी पर्यटकमा १०५ जनाभन्दा बढी भारतीय रहेका छन् ।