बिहीबार, भदौ २५, २०८३
काठमाडौं । खाना पकाउने ग्यास नपाएको भन्दै अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठनले आर आर क्याम्पस गेट अगाडी दाउरा चुलो बालेर खाना पकाउँदै सरकारको बिरोध गरेको छ।
सरकारले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै सांकेतिक विरोधस्वरूप विद्यार्थीले रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको गेटमै खाना पकाएका छन् ।
अखिल (क्रान्तिकारी)मा आबद्ध विद्यार्थीले बिहीबार (भदौ २५) क्याम्पस गेटमा दाउरामा भात र गुन्द्रुक–आलु पकाएका हुन् । गेटमा पाकेको खाना उनीहरूले त्यहीँ बसेर खाए ।
बजारमा ग्यासको अभावले जनजीवन प्रभावित भएपछि कतिपय विद्यार्थी पढाइ छाडेर लाइनमा बस्न थालेका छन् । कतिपयको डेरामा खाना पाक्न छाडेको छ ।
कतिपय विद्यार्थीले आफूहरू चाउचाउ–बिस्कुटको भरमा बाँच्नुपरेको गुनासो गरिरहेका छन् ।
प्रतिक्रिया