मनाङको हिम्लुङ हिमालमा पहिरो

मनाङको हिम्लुङ हिमालमा पहिरो

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार, असोज ११, २०८३

काठमाडौं । मनाङको हिम्लुङ हिमालमा पहिरो गएको छ । आइतबार बिहान नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिउँपहिरो गएको हो । पहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ ।

हिमाल आरोहणमा गएका २२ जना (९ पर्वतारोही र १३ सहयोगी) मध्ये करिब १२ जना बेपत्ता भएको आशंका प्रहरीले गरेको छ ।

उद्दारका लागि काठमाडौंबाट हेलिकोप्टर मनाङको लागि गएको सशस्त्रका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार, क्षतिको एकिन जानकारी प्राप्त हुन सकेको छैन ।