असोज १३, २०८३
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको सय दिनको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै सुशासनको नारा केवल भ्रममा सिमित भएको टिप्पणी गरेका छन् ।
मंगलवार संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले चमत्कार गर्ने दाबी गरे पनि जनताले आधारभूत सेवा पाउन समेत सास्ती भोग्नुपरेको आरोप दुलालले लगाए । प्रमुख सचेतक दुलालले सरकार बनेको समयावधिभन्दा पनि परिणामलाई प्राथमिकता दिनुपर्ने बताए । मन्त्रालयमा जम्बो सचिवालय र सल्लाहकारहरूको भर्ती औचित्यहीन कदम रहेको उनको भनाइ छ ।
जनताले विश्वास गरेर सुशासनका लागि मत दिएका थिए, तर आज नागरिकहरू ग्यास, अस्पताल र पासपोर्टका लागि लाइन बस्न बाध्य छन् । कानूनी राज्यमा कसैलाई पक्राउ गर्दा कारणसहितको पुर्जी चाहिन्छ । सरकारका मन्त्री र प्रधानमन्त्रीले जोशको पछि लाग्दा होस गुमाउनु भएन । मध्यरातमा गरिने गिरफ्तारीले गैरकानुनी बाटो समातेको पुष्टि हुन्छ ,ुु उनले भने ।
सुशासनको पक्षमा नेकपाले निरन्तर आवाज उठाउने उनले बताए । न्युज एजेन्सी नेपाल
प्रतिक्रिया