प्रधानमन्त्रीलाई सांसदको प्रश्न सिंहदरबार जलाइदिन्छु भन्ने सोच सिंहदरबारसँगै जल्यो कि जीवितै छ?

प्रधानमन्त्रीलाई सांसदको प्रश्न सिंहदरबार जलाइदिन्छु भन्ने सोच सिंहदरबारसँगै जल्यो कि जीवितै छ?

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिहीबार, असोज १५, २०८३

काठमाडौं । बुधरबारको प्रतिनिधिसभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सिंहदरबार जलाइदिन्छु भन्ने सोच सिंहदरबारसँगै जल्यो कि जीवित नै छ ? भनि सोधेका छन् ।

बैठकमा उनले बालेनले प्रधानमन्त्री बन्नुअघि लेखेका फेसबुक स्टाटस सम्झाउँदै प्रश्न गरेका हुन् ।

“सिंहदरबार जलाइदिन्छु भन्ने सोच सिंहदरबारसँगै जल्यो कि जीवित नै छ ? नयाँ पुराना सबै चोर सज्जन भए कि चोरै छन् ?” दुलालले सोधे, “टुकुचामा गाड्ने, पाता कस्ने, खुट्टा भाँच्ने र अंग्रेजी अक्षर एफबाट बन्ने चार अक्षरको शब्दजस्ता अश्लील गालीगलौजबाट नवजवान युवाहरूलाई गलत बाटो देखाउने मनिटाइज फेसबुक अभियान सकियो कि बाँकी नै छ ? बाँकी नै छ भने सकियोस् ।”

उनले विकास र सुशासन प्रत्यक्ष देख्न र भोग्न पाउने हो कि होइन भन्ने जिज्ञासा राखे । प्रधानमन्त्रीले बुधबार प्रावधिक क्षेत्रका सांसदहरूसँग गरेको छलफलमा स्तर छुट्याएको विषयमा पनि उनले कटाक्ष गरे ।

“प्रधानमन्त्रीले पहिला तीन मन्त्रीको देश बनाउने टिम सार्वजनिक गर्नुभएको थियो । हामीले पछि बुझ्यौँ कि उहाँ ठिकठाक भएको ठट्टा मजाक रहेछ,” उनले भने, “राणा शासकहरूले आफूलाई ए, बी र सी क्लासमा विभाजन गरेका थिए रे । हिजो प्रधानमन्त्रीले सांसदहरूको स्तर निर्धारण गर्नुभएछ ।”

एक्स्ट्रा अर्डिनरी, एभरेज र बिलो एभरेज भनि स्तर निर्धारण गरेको सुनिएको बताए । उनले रास्वपा सभापति कुन क्लासमा परे भन्ने प्रश्न गरे ।

“प्रधानमन्त्री स्वयम्‌लाई निर्देशन दिने पार्टी सभापति एभरेजमा पर्नुभयो कि बिलो एभरेजमा ? किनभने उहाँ इन्जिनियर होइन,” उनको प्रश्न छ ।