शुक्रबार, असोज १६, २०८३
काठमाडौं । दोस्रो राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि जनमत पार्टीले परिचयपत्र अनिवार्य गरेको छ ।
महाधिवेशनमा प्रतिनिधिको पहिचान सुनिश्चित गर्न पार्टीले नागरिकता, मतदाता परिचयपत्र, चालक अनुमतिपत्र वा तस्बिरसहितको आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउन आग्रह गरेको हो ।
पार्टीले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई आफ्नो परिचय खुल्ने आधिकारिक कागजातसहित उपस्थित हुन सूचित गरेको छ ।
जनमत पार्टीले असोज १० गते गर्ने तय गरेको दोस्रो महाधिवेशन वर्षाका कारण असोज १७ गतेका लागि सारेको हो ।
महाधिवेशन वीरगञ्जमा शनिबारदेखि सुरु हुँदै छ । महाधिवेशनबाट पार्टी अध्यक्षमा डा। सीके राउत सर्वसम्मत चयन भइसकेका छन् ।
प्रतिक्रिया