मंगलबार, फागुन १२, २०८२
काठमाडौं । गृह मन्त्रालयमा गत बिहीबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकले उम्मेदवारहरूलाई ‘रुफ टप’ गाडी प्रयोग गर्न रोक लगाउने निर्णय गरेको थियो ।
गृहप्रवक्ता आनन्द काफ्लेका अनुसार ‘रुफ टप भेहिकल’ प्रयोग गर्दा उम्मेदवारको सुरक्षामा खतरा देखिएको निष्कर्ष निकालिएको थियो । ‘सुरक्षाका दृष्टिले ‘रुफ टप भेहिकल’ प्रयोग जोखिमपूर्ण देखिएकाले निर्वाचन अवधिभर उम्मेदवारले यस्ता सवारीसाधन प्रयोग गर्न नपाउने निर्णय गरिएको थियो ।
उम्मेदवारकै सुरक्षालाई ध्यानमा राखेर निर्णय गरिएको हो,’ उनले भने । प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भएलगत्तै केही उम्मेदवारले ‘रुफ टप भेहिकल’ प्रयोग गर्दै आएका थिए । विशेष गरी रवि लामिछाने र बालेन्द्र शाहले यस्ता सवारीसाधन प्रयोग गर्दै सर्वसाधारणसँग भेटघाट तथा सम्बोधन गरिरहेका थिए ।
प्रतिक्रिया