क्षेप्यास्त्र प्रहार गरेको इरानको दाबी (बेन्जामिन नेतान्याहुको कार्यालय लगायत अन्य स्थलहरुमा)

क्षेप्यास्त्र प्रहार गरेको इरानको दाबी (बेन्जामिन नेतान्याहुको कार्यालय लगायत अन्य स्थलहरुमा)

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोमबार, फागुन १८, २०८२

काठमाडौं । सोमबार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले  इजरायली सरकारी र सैन्य लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको छ । इरानी राज्य सञ्चारमाध्यम इर्नाका अनुसार, यी लक्ष्यहरूमा तेल अभिभस्थित प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालय, हाइफाका सुरक्षा केन्द्रहरू र पूर्वी जेरुसेलमका स्थलहरू रहेका छन् ।

“इजरायली शासनका अपराधी प्रधानमन्त्रीको कार्यालय र उक्त शासनको वायुसेना कमान्डरको मुख्यालयलाई निसाना बनाइएको छ,” आईआरजीसीले एक विज्ञप्तिमा भनिएको छ ।

शनिबार अमेरिका–इजरायली आक्रमणमा मारिएका इरानी सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीईप्रति उत्तरदायी रहने गाड्र्सले यी आक्रमणहरूले इजरायली वायुसेना कमान्डरको मुख्यालयलाई पनि निसाना बनाएको बताएको छ ।

इरानी आक्रमणबाट इजरायली स्थलहरूमा गम्भीर क्षति
इरानको रिभोलुसनरी गार्डले बदलाको कारबाहीको १०औँ चरणका क्रममा लक्षित स्थानहरूमा गम्भीर प्रहार भएको बताएको छ । इरानी राज्य सञ्चारमाध्यमले बेन्जामिन नेतान्याहुको भविष्य अनिश्चित रहेको दाबी गरेका छन् । यद्यपि, इजरायलले प्रधानमन्त्रीको कार्यालयमा कुनै पनि प्रहार भएको कुराको पुष्टि गरेको छैन ।

सर्वोच्च नेता अली खामेनीईको हत्या भएको शनिबारको संयुक्त अमेरिकी–इजरायली आक्रमणपछि तेहरानले हालसम्म १० लहरका क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू सुरु गरेको घोषणा गरेको छ ।

इरानी अधिकारीहरूले यस अभियानलाई कानुनी आत्म–रक्षाको रूपमा व्याख्या गरेका छन् । इजरायली भूभाग तथा यस क्षेत्रमा रहेका अमेरिकी आधार इलाकाहरूमा क्रमिक चरणहरूमा प्रहार भइरहेको बताएका छन् ।

सोमबार जेरुसेलममाथि पुनः नयाँ विस्फोटका आवाजहरू सुनिएको एएफपीका पत्रकारहरूले रिपोर्ट गरेका छन् । इजरायली सेनाले इरानबाट नयाँ क्षेप्यास्त्रहरू प्रहार गरिएको बताएपछि यी विस्फोटहरू भएका हुन् । सेनाले एक विज्ञप्तिमा भनेको छ, “केही समयअघि आईडीएफले इरानबाट इजरायल राज्यको भूभागतर्फ प्रहार गरिएका क्षेप्यास्त्रहरू पहिचान गरेको छ । खतरालाई रोक्न रक्षा प्रणालीहरू सक्रिय रहेका छन् ।”