बलात्कारीलाई सके फासीको व्यवस्था गर नसके उक्त अंगको छेदन गर्नेगरी ऐन बनाउः आशिका तामाङ

बलात्कारीलाई सके फासीको व्यवस्था गर नसके उक्त अंगको छेदन गर्नेगरी ऐन बनाउः आशिका तामाङ

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

८ भदौ, २०८३

काठमाडौं । रास्वपा सांसद आशिका तामाङले प्रतिनिधिसभाको सोमबारको बैठकमा बलात्कारीलाई सके फासीको व्यवस्था गर्नुपर्ने बताइन् । ‘नसके बलात्कारीले जुन अंगको प्रयोग गरेर बलात्कार गरेको हो उक्त अंगको छेदन गर्नेगरी ऐन बनाउनुपर्छ’, भन्नुभयो ।

‘संविधानको धारा १६ को उपधारा २ ले सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको छ । तर, यसको अर्थ अपराधी र हत्याराको संरक्षण गर्न पाउनुपर्छ भन्ने होइन,’ उनले थपे, ‘हत्यारा बलात्कारी र अपराधीलाई कठोर सजाए नभएसम्म हाम्रा छोरीहरु जताततै नर पिशाचको सिकार बनिरहने छन् ।’

यहाँनेर उनले कडा सजायको विषय उठाए ।

‘मूल कानुनसँग बाझिने गरी मृत्युदण्डको कानुन निर्माण गर्न नपाइने संवैधानिक प्रतिबन्ध होस् वा नेपाल पक्ष राष्ट्र भएका मानव अधिकार सम्बन्धी सन्धि सम्झौता नै किन नहोस् अब परिमार्जन हुनुपर्छ । त्यो ल्याकत यो सदनले राख्नै पर्छ’, उनले भने ।

अब हत्यारा र बलात्कारीलाई राज्यले जेलमा राखेर रासन खुवाउने नभई प्रमाणित भए मृत्युदण्ड दिने कानुन तत्काल निर्माण गर्न प्रस्ताव राखे ।

रास्वपाकी सांसद रञ्जु दर्शनाले छोरीलाई पुज्ने समाजमा छोरी नै असुरक्षित रहेको भनेर विद्यालय स्तरदेखि नै सुधारको प्रयास गर्नुपर्ने बताइन् ।

नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले यस्ता घटना नरोकिएको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् ।