अर्थमन्त्री चिठ्ठा खेलाउन व्यस्त, पुँजीबजारमा ६ खर्ब डुब्यो

अर्थमन्त्री चिठ्ठा खेलाउन व्यस्त, पुँजीबजारमा ६ खर्ब डुब्यो

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

८ भदौ, २०८३
काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलाले सरकारको चालु आर्थिक वर्षको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गरेकी छन् ।

प्रतिनिधिसभाको सोमबार (भदौ ८) को बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् । सांसद संग्रौलाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नदेखिनु सरकारको आर्थिक नीतिप्रति अविश्वास भएको संकेत भएको उनले बताइन् ।

उनले ३६ देशलाई चिनेको भनेर दाबी गर्ने गरिएका अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आफ्नै देशलाई चिन्न नसकेको आरोप पनि लगाइन् । उनले सरकार गठन भएयता पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको दाबी गरिन् ।

यस्तो छ सांसद संग्रौलाको भनाइ ः

अर्थमन्त्रीज्यूले ३६ देशउलाई चिनेको भनेर सत्तापक्षका माननीयज्यूहरूले भन्नुहुन्छ । तर, उहाँले ३६ देशलाई चिनेर आफ्नै देशलाई चिन्न सक्नुभएन । उहाँले ल्याएको बजेटको असफलता पहिलो महिना सकिँदा नै देखिन थाल्यो । किनभने नेपालको इतिहासमा कहिल्यै पनि अर्थतन्त्रमा यतिधेरै समस्या र कमजोरी देखिएको थिएन ।

बैंकिङ प्रणालीमा यतिधेरै तरलता हुँदा पनि किन कोही लगानी गर्न ऋण लिन चाहिरको छैन ? के व्यवसायीहरूलाई दुईतिहाइ बहुमतको सरकारको अर्थनीतिमा अविश्वास भएकै हो त ? अर्को कुरा वर्तमान सरकार गठन भएपछि पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको छ । तर, यत्रो समस्या हुँदा पनि अर्थमन्त्रीज्यू चाहिँ चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छ । अर्थतन्त्रको समस्या समाधान नगरी देश विकास हुन्छ र ? न्युज एजेन्सी नेपाल