साभिन्होलाई टोटनहमले अनुबन्ध गर्‍यो

साभिन्होलाई टोटनहमले अनुबन्ध गर्‍यो

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

९ भदौ २०८३

काठमाडौं । इंग्लिस क्लब टोटनहमले ब्राजिलियन विंगर साभिन्होलाई अनुबन्ध गरेको छ ।

टोटनहमले प्रिमियर लिग प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीबाट साभिन्होलाई ७५ मिलियन पाउन्डमा भित्र्याएको हो ।

उनी गत साता नै टोटनहम पुगेका थिए । स्वास्थ्य परिक्षण पूरा भएपछि टोटनहमले मंगलबार आधिकारिक रूपमा साभिन्होलाई अनुबन्ध गरेको जानकार दिएको हो ।

गत वर्ष पनि टोटनहमले साभिन्होलाई भित्र्याउन प्रयास गरेको थियो, तर सफल हुन सकेको थिएन । उनी गत वर्ष फ्रेन्च क्लब ट्रोएसबाट सिटी पुगेका थिए ।

साभिन्हो र सिटीबीच सन् २०२९ सम्मको लागि सम्झौता थियो । साभिन्होले सिटीबाट कुल ८४ खेल खेल्दा सात गोल गरेका छन् । उनले सिटीमा रहँदा एफए कप र कारबाओ कपको उपाधि जितेका थिए ।