बिहीबार, भदौ २५, २०८३
काठमाडौं । विपक्षी दलहरूले रसुवा बाढीबारे संसदीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेका छन् । बिहीबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले विपद् व्यवस्थापनका काममा सहयोग गर्न र सरकारका कामको निगरानी गर्न संसदीय समिति बनाउन माग गर्ने निर्णय गरेको हो ।
“संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने, सदनमा आवाज उठाउने निर्णय गरेका छौँ,” एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले भनिन् ।
अहिले विपक्षीहरूको राजनीतिक एजेन्डा गौण रहेको बताइन् । विपद्को पहिलो चरणको काम सकिएपछि राजनीतिक एजेन्डा अघि बढाउने उनको भनाइ छ ।
भदौ ११ गते बसेको सर्वदलीय बैठकले संसदीय समिति गठन गर्ने निर्णय गरेको थियो । तर, अझै समिति गठन भएको छैन ।
प्रतिक्रिया