कुलेखानी ५२६.३८ मिटर भरियो , स्रोत क्षेत्रमा पानी पर्न रोकियो

कुलेखानी ५२६.३८ मिटर भरियो , स्रोत क्षेत्रमा पानी पर्न रोकियो

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार, असोज ११, २०८३

काठमाडौं । कुलेखानी जलाशय आयोजना १,५२६.३८ मिटर भरिएको छ । कुलेखानी प्रथम आयोजनाका प्रमुख प्रल्लाद राउतका अनुसार, आइतबार मध्याह्न साढे १२ बजेसम्म जलाशय एक हजार ५२६.३८ मिटर भरिएको हो ।

अहिले स्रोत क्षेत्रमा पानी पर्न रोकिएको छ । यसअघि १५२६ मिटर हुँदा सतर्कताको लागि एसएमएसबाट तल्लो तटीय क्षेत्रका बासिन्दालाई सूचित गरिएको जानकारी दिए ।

आयोजना १५२७ हुँदा पहिलो साइरन बजाइने उनले जानकारी दिए । आयोजनाको कुल क्षमता १५३० मिटर छ ।