आइतबार, असोज ११, २०८३
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै रहेको बताएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोको जोखिम अझै केही दिन रहने भन्दै सतर्कता अपनाउन आग्रह गरिन् । हाल मुख्य जोखिम नदीको बहाव बढेर हुने कटान र पहिरो अबको जोखिम रहेको उनको भनाइ छ । ुुअहिले नै जोखिम समाप्त भएको छैन । बाढीकै समय अझै बढ्ने देखिन्छ ।अब घामै लाग्यो भने पनि भोलि–पर्सितिर पनि पहिरो जाने सम्भावना रहन्छ । धेरै ठाउँका भित्री सडकहरू पहिरोले अवरुद्ध छन्,ुु उनले भनिन् ।
हाल बाढी र पहिरोका कारण राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक खुलाउन २५० भन्दा बढी उपकरणलाई विभिन्न स्थानमा तैनाथ राखिएको उनले बताइन् ।
वर्षा कम हुँदै गएपछि सडक खुलाउने कामलाई तीव्रता दिने उनको भनाइ छ । कतिपय स्थानमा भने सडक सञ्चालनमा आइसकेको उनले बताइन् ।
आइतबार रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ्ने र बाढी पहिरो आउने खतरा कायमै रहेको छ । –न्युज एजेन्सी नेपाल
प्रतिक्रिया