धादिङमा पहिरो, पृथ्वी राजमार्ग बिहानदेखि नै अवरुद्ध

धादिङमा पहिरो, पृथ्वी राजमार्ग बिहानदेखि नै अवरुद्ध

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिहीबार, असोज १५, २०८३

काठमाडौं । धादिङको चालिसेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बिहीबार (असोज १५) बिहान करिब १० बजेदेखि अवरुद्ध पृथ्वी राजमार्ग अपराह्न ४ः१५ बजेसम्म उस्तै स्थितिमा छ ।

पहिरो हटाउने प्रयास जारी छ । तर, अझै सडक सञ्चालनमा ल्याउन सम्भव नभएको प्रहरीले जनाएको छ ।

यस दिन बिहानदेखि नै गजुरी गाउँपालिका–२, चालिसेमा सडकमाथिबाट खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं एसपी रुपेश खड्काले जानकारी दिए ।

एसपी खड्काले बाह्रखरीसित भने, “हामी बिहानदेखि नै पन्छाउने काम गरिराखेका छौँ । निरन्तर पहिरो खस्नेक्रम जारी छ । त्यसकारण हामी अब जोखिम भागलाई कटान गरिराखेका छौँ ।”

दुईतर्फी रूपमा यातायत खुलाउन अझै केही समय लाग्ने उनले बताए ।