जनमत पार्टीको महाधिवेशनमा प्रतिनिधिलाई परिचयपत्र अनिवार्य

जनमत पार्टीको महाधिवेशनमा प्रतिनिधिलाई परिचयपत्र अनिवार्य

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुक्रबार, असोज १६, २०८३

काठमाडौं । दोस्रो राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि जनमत पार्टीले  परिचयपत्र अनिवार्य गरेको छ ।

महाधिवेशनमा प्रतिनिधिको पहिचान सुनिश्चित गर्न पार्टीले नागरिकता, मतदाता परिचयपत्र, चालक अनुमतिपत्र वा तस्बिरसहितको आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउन आग्रह गरेको हो ।

पार्टीले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई आफ्नो परिचय खुल्ने आधिकारिक कागजातसहित उपस्थित हुन सूचित गरेको छ ।

जनमत पार्टीले असोज १० गते गर्ने तय गरेको दोस्रो महाधिवेशन वर्षाका कारण असोज १७ गतेका लागि सारेको हो ।

महाधिवेशन वीरगञ्जमा शनिबारदेखि सुरु हुँदै छ । महाधिवेशनबाट पार्टी अध्यक्षमा डा। सीके राउत सर्वसम्मत चयन भइसकेका छन् ।