एक निर्दोष महिलामाथि भइरहेको मिडिया ट्रायल, अतिरञ्जित प्रचार, स्वीकार्य छैनस् खगेन्द्र सुनार

एक निर्दोष महिलामाथि भइरहेको मिडिया ट्रायल, अतिरञ्जित प्रचार, स्वीकार्य छैनस् खगेन्द्र सुनार

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

असोज २९, २०८३ बिहिबार

काठमाडौं ।सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले आफूबाट पीडित भनिएकी ‘महिलालाई राज्यको जिम्मेवार निकायबाट लखेटिएको’ आरोप लगाउँदै आपत्ति जनाएका छन्।

सांसद सुनारले बुधबार साँझ फेसबुक स्टाटसमार्फत आफूले कुनै अपराध गरेको प्रमाणित भएमा जस्तोसुकै सजाय भोग्न तयार रहेको एक निर्दोष महिलामाथि भइरहेको मिडिया ट्रायल, अतिरञ्जित प्रचार, अनावश्यक फोटो, अडिओ, भिडिओ जोडी टिकाटिप्पणी स्वीकार्य नभएको बताएका हुन्।

‘म पार्टी, सरकार, राज्यका सबै निकायले गर्ने छानबिनमा सघाउन तयार छु। मैले गरिएको भनिएको पाप, अपराध के होरु प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार छु’, उनले लेखेका छन्, ‘तर राजनीतिक, सामाजिक रूपमा काम गरिरहेकी एक निर्दोष महिलामाथि जुन ढंगबाट मिडिया ट्रायल, अतिरञ्जित प्रचार, अनावश्यक फोटो, अडिओ, भिडिओ जोडी टिकाटिप्पणी गरिएको छ, यो कदापि स्वीकार्य छैन।’

आफूले कुनै गल्ती गरेको भए पनि पीडितलाई गोप्य राखेर पनि कारबाही प्रक्रिया अघि बढाउन सकिने ठाउँमा उनको बदनाम गरिएको सांसद सुनारले उल्लेख गरेका छन्।

‘मबाट कुनै बदमासी भएको भए महिलालाई गोप्य राखी ममाथि प्रहरी, अदालत, कसैले अनुसन्धान गरेर सजाय दिँदा हुने विषयलाई राज्यको जिम्मेवार निकायबाट यसरी किन लखेटियोरु समाचार प्रकाशित गर्ने मिडियालाई सम्बन्धित मान्छेले यस्ता गलत समाचार नलेख्नु, यो गलत हो भन्दाभन्दै किन लखेटियो’, उनले प्रश्न गरेका छन्।

यस क्रममा रास्वपा नेता सुनारले प्रहरीको हेडक्वाटर, सीआईबीले मुद्दा हाल्न भनेको तर ती महिलाले नमानेको दाबी पनि गरेका छन्।

‘प्रहरीको हेडक्वाटर, सीआईबीले बारबार भेट्न बोलाएको, मुद्दा हाल्न भनेको तर अन्याय भएको भए म आफैँ मुद्दा हाल्थेँ, म आफ्नो जिन्दगीबारे सचेत छु भन्ने उहाँको जवाफपछि अब तिमीहरू दुवैजनालाई एकै झट्कामा सक्काउँछौँ भन्ने धम्की दिएर फोन काटेको केही दिनमा यो सबै घटनाक्रम भएको हो’, सुनारले दाबी गरेका छन्।

उनले अगाडि लेखेका छन्, ‘खैर केही छैन। मैले कुनै विषयमा प्रश्न गरेँ, मुद्दा उठाएँ भन्दैमा ममाथि प्रश्न गर्नै नपाइने भन्ने होइन। प्रश्न उठेको छ। समाचार आएको छ। त्यसैले एक जिम्मेवार नागरिकको हैसियतले ममाथिका प्रत्यक आरोपको सत्यतथ्य छानबिन होस्। तर उहाँ महिलामाथि प्रहरी, राज्य, समाज, मिडियाले गरेको दुर्व्यवहार आपत्तिजनक छ। जे कारबाही हो ममाथि होस्( मलाई स्वीकार छ। उहाँमाथिको आक्रमण मान्य छैन। त्यो गलत छ।’

यस्तै सांसद सुनारले प्रश्न आफू व्यक्तिप्रति उठेकाले पार्टी र पार्टीमा आबद्ध अन्य कसैले पनि शिर झुकाउन नपर्ने बताएका छन्।

‘प्रश्न ममाथि उठेको प्रश्न हो। यसमा पार्टी र पार्टीमा आबद्ध सदस्य, शुभचिन्तक, मतदाता कसैले पनि शिर झुकाउनु पर्दैन उनले लेखेका छन् ममाथि निर्मम छानबिन गरियोस्। आवश्यक परे प्रतिनिधिसभा सदस्य, पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन, बर्खास्त गरियोस्। म र मैले कुनै पनि कुकर्म गरेको खण्डमा पार्टी, सरकार सती जान पर्दैन। म पार्टी, सरकार, राज्यका सबै निकायले गर्ने छानबिनमा सघाउन तयार छु’, सुनारले भनेका छन्।