सोमबार, असोज २७, २०८२ काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । सो कार्यक्रममा उनले भौगोलिकरूपमा नेपाल सुन्दर भए पनि जोखिमपूर्ण रहेको बताए । नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुक्खालगायत प्राकृतिक तथा मानव सिर्जित विपद्हरूको उच्च जोखिममा रहेको उनले…