अनामनगरस्थित साततले घरका मालिक पक्राउ

  २० बैशाख २०८३, आइतबार काठमाडौँ । अनामनगरस्थित विनायकनगरमा रहेको साततले घरका मालिक ईन्द्र चाम्लिङलाई प्रहरीले पक्राउ गरेको छ। धोबीखोला किनारको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको उनको घरमा आइतबार काठमाडौँ महानगरपालिकाले डोजर चलाएको थियो। अतिक्रमित संरचना हटाउने क्रममा साततले घरका माथिल्ला चार तला भत्काइएका छन्। सोही क्रममा खानतलासी गर्दा उनको घरमा बन्दुक, प्रहरीको दर्ज्यानी चिह्न…