नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर

बिहीबार, माघ १०, २०८१ काठमाडौं । बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका जुनियर असिस्टेन्ट मनसुन नेपाल नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले नेपाललाई दोषी ठहर गरेको हो । उनलाई ६ महिना कैद र १० हजार जरिवाना हुने फैसला सुनाइएको छ…