जिब्रो छेड्ने जात्रा बोडे, मध्यपुरथिमी

मंगलबार, वैशाख २, २०८२ भक्तपुर । बिस्केट जात्रा भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइन्छ । तौमढीस्थित पाँचतले मन्दिर परिसरबाट भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा यक्ष मल्लको पालादेखि चलेको बताइन्छ । यसैगरी जिब्रो छेड्ने जात्रा मध्यपुरथिमीको बोडेमा विशेष हर्षोल्लासका साथ मनाइन्छ । जिब्रो छेड्ने जात्रा, बिस्केट जात्राकै एक अभिन्न अंग हो ।…