बहुमतका बलमा उपसभामुख हटाए एकात्मक शासनतिर देश जान्छ, सरकारले गल्ती नगरोस् : विपक्षी दल

प्रमुख प्रतिपक्षी दलसहितका विपक्षी दलले बहुमतका अधारमा उपसभामुख इन्दिरा रानामगरलाई हटाए देश एकात्मक शासनमा जाने भन्दै त्यस्तो नगर्न सरकारलाई चेतावनी दिएका छन्। सिंहदरबारमा बसेको विपक्षी दलको बैठकमा सहभागी नेपाल समाजवादीका अध्यक्ष महेन्द्र राय यादवले उपसभामुखलाई हटाए सडकदेखि सदनसम्म सबै विपक्षी एक भएर प्रतिवाद गर्ने निर्णय गरेको जानकारी नेपालखबरलाई दिए। ‘उपसभामुखलाई बिना कारण, बिना प्रमाण, बिना…